काठमाडौँ । प्रदेश २ मा करीब छ महिनापछि आज प्रदेशसभा बैठक बस्ने भएको छ ।
प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ ।
प्रदेशसभा चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।
पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ ।
प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार ९ : ०४ बजे
प्रतिक्रिया