तीन प्रदेशमा वर्षाको सम्भावना

जबजको मान्यतालाई हुबहु व्यवहारमा उतार्न सके मात्र एमाले पार्टी सफल हुने : शेरधन राई

इटहरी – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सुनसरी इन्चार्ज  शेरधन राईले जबजको मान्यतालाई हुबहु व्यवहारमा उतार्न सके मात्र एमाले पार्टी सफल हुने बताउनुभएको छ ।

शनिवार आयोजित मदन भण्डारी फाउण्डेशन,इटहरीको कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

पोलिटब्यूरो सदस्य राईले भन्नुभयो, 'मदन भण्डारी र उहाँद्वारा प्रतिपादित जबजको मान्यतालाई हुबहु व्यवहारमा उतार्न सके मात्र एमाले पार्टी सफल हुन्छ र  यस अनुसार चल्न हामी प्रतिबद्ध हुनुपर्छ । ' उहाँले आफु सुनसरीको इन्चार्ज भएका नाताले पार्टी सुदृढीकरणको काममा लाग्ने बताउनुभयो ।

एमाले प्रदेश नेता  खेमराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा फाउन्डेसनका प्रदेश अध्यक्ष एवं पार्टी केन्द्रीय सल्लाहकार गोपाल गुरागाईँ, केन्द्रीय सदस्य द्वय जगदीश कुसियत र मन्जू सुवेदी, प्रतिनिधि सभासद् ऋषिकेश पोखरेल, कोसी प्रदेश सभासद् त्रय  विजय राई, रोहित कार्की र रामदेव यादव तथा धुनकुटा जिल्ला समन्वय समितिका सभापति निर्मल तामाङ र फाउन्डेशनका सचिव सोमराज थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। 

कार्यक्रममा फाउन्डेसनकी कोसी प्रदेश सदस्य मिथिला पोखरेलले मदन भण्डारीका मौलिक विचार शीर्षकको विषय पत्र प्रस्तुत गर्नु भएको थियो ।

बन्द सत्रले प्रसिद्ध कवि प्रह्लाद भट्टराई,अशोक चौधरी राजेन्द्र कट्टेल,सृजना नेपाल,सरस्वती डाँगी क्रमशः अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्ष सहितको ३२ सदस्यीय कार्य समिति सर्व सम्मत रुपमा चयन गरेको थियो । सम्मेलनमा सुनसरीका १२ वटा पालिकाका प्रतिनिधिहरुको सहभागीता थियो । 
 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १ : ४९ बजे