तीन प्रदेशमा वर्षाको सम्भावना

आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

पोखरा । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइना पुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो । 

पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रवार बसेको बैठकले पृथ्वी चोकको सडक छेउको पार्किङ हटाउने गरेअनुसार आजदेखि पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो । 

उहाँका अनुसार बसपार्क भित्र भोलीबाट कम्तीमा १ सय ५० सवारी साधना पार्किङ गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ०८ बजे