साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रेम र सद्भावको सन्देश छर्दै तीज गीत ‘माइत रमाइलो’ को भिडिओ सार्वजनिक

काठमाडौँ – गीतकार देवी पराजुलीको शव्द र रचनामा रहेको तीज गीत ‘माइत रमाइलो’ को भिडिओ सार्वजनिक भएको छ l शुक्रबार  राजधानीमा आयोजित एक औपचारिक समारोहमा सो गीतको भिडिओ युट्युब मार्फत लोकार्पण गरिएको हो l

तीज गीत ‘माइत रमाइलो’ लोकार्पण समारोहको प्रमुख आतिथिमा समावेशी आयोगकी सदस्य विष्णुमाया ओझा, विशेष अतिथिमा  मधेशी आयोगकी सदस्य रेणु कुमारी साह, संविधानसभा सदस्य रिमा नेपाली, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार भेषराज अधिकारी, उपसचिव नवराज पाण्डे, गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश कोईराला, कर्मचारी युनियनकी उपाध्यक्ष निर्मला शर्मा, साहित्यकार राजेन्द्र घिमिरे, गीतकार प्रकाश सुवेदी, गायिका सत्यकला राई, सिनेम्याटोग्राफर तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति रहेको थियो l

प्रेम र सद्भावको सन्देश बोकेर आएको तीज गीत ‘माइत रमाइलो’ को  भिडियोमा पति-पत्नीबीचका र कर्मघरका अन्य सदस्यहरुप्रति समेत सम्मान र प्रेम प्रकट गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ l दु:ख, कलह, असन्तुष्टि, वैमनष्यता र आरोप-प्रत्यारोप जस्ता नकारात्मक विषयवस्तुमा केन्द्रित तीज गीत तथा भिडियोहरुको भीडमा यस गीतले फरक पहिचान स्थापित गरेको छ  l

‘माइत रमाइलो’ गीतमा राम कार्कीको लय तथा सङ्गीत संयोजन रहेको छ भने विन्दु परियार र राम कार्कीले स्वर दिनुभएको छ भने गीतको मिक्सिङ कृष्ण पुनले गर्नुभएको छ  l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको यस म्युजिक भिडिओमा महेश महराको सिनेम्याटोग्राफी, मुकेश नेपालीको कोरियोग्राफी तथा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन रहेको छ भने भिडिओमा अनिषा न्यौपाने, परशु बस्नेत लगायत दर्जनौं महिलाहरुले आकर्षक अभिनय/नृत्य गर्नुभएको छ l

सङ्गीतकार/गायक सुरेश शाहीले सहजीकरण गरेको सो समारोहमा गीतकार प्रकाश सुवेदीले गीत तथा भिडिओको समीक्षा गर्नुभएको थियो l

गीतकार पराजुली सानैदेखि गीत-सङ्गीतप्रति गहिरो झुकाव भएकै कारण कक्षा ३ मा पढ्दैगर्दा ‘कोरिदेऊ आमा बाटिदेऊ आमा फूल पनि लगाईदेऊ, म एउटी छोरी धेर भएँ भने नदीमा बगाईदेऊ’ गाएर सबैलाई चकित पार्नुभएको थियो l सानैदेखि आफैं रचना गरेर गीत गाउन थाल्नुभएकी गीतकार देवीले गीतका अतिरिक्त चेतनामूलक एवं नारी उत्पीडन विरुद्धका विभिन्न लेखहरु समेत सञ्चारमाध्यमहरुबाट प्रकाशित हुँदै आएका छन् l

निजामती कर्मचारी संगठन सचिवालय सदस्य समेत रहेकी गीतकार पराजुली एक जिम्मेवार र जुझारु कर्मचारीका रुपमा परिचित हुनुहुन्छ l 

उहाँले तीजगीतका साथै राष्ट्रिय भाव, चेतनामूलक, आधुनिक आदि गरि १४ वटा गीत रेकर्ड गर्नुका साथै  भिडिओ समेत निर्माण गरिसक्नुभएको छ l  

भिडियो :-

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : १७ बजे