साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बिपी कोइराला राष्ट्रिय पुरस्कार चार स्रष्टालाई

काठमाडौँ ।  जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।

राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञ द्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्डिराज पौडेल (अर्घाखाँची) तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी (स्याङ्जा) र गिरीराज आचार्य (धरान)लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो । 

मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो । 

पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । उक्त पुरस्कार बिपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते बिपी सङ्ग्रहालय सुन्दरीजलमा वितरण गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ११ : २० बजे