साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सन्दीप क्षेत्रीको ‘ह्वाट् द फ्लप’ को प्रशारण बन्द

काठमाडौँ । बलात्कार अभियोगमा सफाइ पाएका कलाकार पल शाहसँगको अन्तर्वार्तालाई लिएर विवादमा परेको टेलिभिजन शो ‘ह्वाट् द फ्लप’ को प्रशारण बन्द गरिएको छ ।

महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णत: रोकिएको कान्तिपुर टेलिभिजनले जनाएको छ ।

गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले पललाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। कार्यक्रममा शाहले जेल अनुभव सुनाउँदा यौनजन्य हिंसापीडितहरूको भावनामा ठेस पुगेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। त्यसपछि उक्त अन्तर्वार्तालाई युट्युबबाट समेत हटाएको थियो।

बिहीबार कान्तिपुर टेलिभिजनले उक्त शोको प्रसारण पूर्णत: रोकिएको जनाउदै भनेको छ, ‘गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णत: रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं ।’

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  २ : ४० बजे