सुनको मूल्यमा नयाँ कीर्तिमान

अपडेट : विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेसनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।  

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उहाँले बताउनुभयो । उहाँले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिनुभयो । 

थप अनुसन्धान जारी रहेकाले आजसम्ममा धेरै कुराहरू खुल्ने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : ०३ बजे