साँगा बस दुर्घटना : ७ जना घाइतेलाई अस्पताल पठाइयो

काभ्रे ।  धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको छ । भक्तपुरको साँगामा रहेको महादेव मन्दिर जाने साँगा पुल नजिकै बस भीरबाट खसेको हो। अहिले उद्धार कार्य जारी छ । 

७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ । ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पताल पठाइएको हो।

भक्तपुर पठाएका घाइतेहरूको हात खुट्टामा चोट लागेको भक्तपुर प्रहरिले जनाएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ। अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरिले जनाएको छ । बसमा ३०/३५ जना सवार रहेको स्थानीयहरूले बताएका छन्।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : ३० बजे