सुनको मूल्यमा नयाँ कीर्तिमान

युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो

काठमाडौँ ।  एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनायो । 

युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए । 

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूहचरणको आफनो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरीइ सकेका छन् । आजको खेल प्रतिस्ठाको लागि मात्रै हो । 

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  २ : ५१ बजे