सुनको मूल्यमा नयाँ कीर्तिमान

सिनामंगलमा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक सुनचाँदी पसल अगाडि शंकास्पद वस्तु राख्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटका खजाञ्ची पासवान रहेका छन् । उनले खोटाङ हलेँसी ज्वेलर्समा नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई चन्दा दिन माग गर्दै शंकास्पद वस्तु राखेका थिए ।

शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरिसकेको छ । उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

शंकास्पद वस्तु राखेर उनी सुन पसल नजिकैको होटलमा लुकेर बसेका थिए । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

उनले सुन पसल सञ्चालक मने विश्वकर्मालाई फोन गरेर ५ लाख दिन धम्की दिँदै आएका थिए । विश्वकर्माले रकम दिन नमानेपछि उनले तर्साउन शंकास्पद वस्तु राखेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : ३९ बजे