चितवनमा बाघको आक्रमणबाट तीनजना घाइते 

चितवन । चितवनमा बाघको आक्रमणबाट तीनजना घाइते 

भएका छन् । घाइते हुनेमा माडी नगरपालिका वडा नम्बर ३ का ४२ बर्षीय उमेश सहनी, सोही ठाउँका ४१ बर्षीय महेन्द्र सहनी र बर्ष ५५ का रामनाथ माझी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार म‌गलबार साँझ ५ बजेर २० मिनेटमा माडी नगरपालिका वडा नम्बर ३ बैराठ स्थित जंगलबाट गाँउमा पसेको बाघले  आक्रमण गरेको र आक्रमणबाट उनीहरूको हात, ढाडमा चोट लागेको हो ।

घाइते उनीहरूको  स्थानीय बघौडा अस्पताल माडीमा उपचार भई रहेको छ । उक्त बाघले रामनाथ माझीको एउटा बाख्रा समेत मारेको छ । बाघलाई नियन्त्रणमा लिन अहिले उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेना  र हात्ती सहित वनको कर्मचारी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : २३ बजे