अक्सिजन अभावले वायुसेवा निगमको जहाज मलेसियामा ग्राउन्डेड, यात्रु अलपत्र

काठमाडौं । नेपाल फर्कने तयारीमा रहेको नेपाल वायुसेवा निगमको जहाज मलेसियामा ग्राउन्डेड भएको छ ।

चालकदललाई आवश्यक पर्ने अक्सिजन नभएपछि जहाज मलेसियामै ग्राउन्डेड भएको हो ।

निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको छ ।

जहाज ग्राउन्डेड भएपछि नेपाल फर्कने तयारीमा रहेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १२ : १९ बजे