केन्द्रीय समिति र पदाधिकारी बैठकअघि शेखर पक्ष छुट्टै छलफलमा

काठमाडौं ।  केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएपछि नेपाली कांग्रेसको डा. शेखर कोइराला

११ महिनापछि बल्ल बैठक बस्ने भएपछि सभापतिको कार्यशैलीविरुद्ध शेखर र गगन समूहका नेताले खरो रुपमा उत्रिने तयारीमा छन् । समूहले आज आफ्नो पक्षको तयारी बैठक बोलाएको छ । ११ महिनापछि बस्न लागेकाे केन्द्रीय समिति बैठकअघि शेखरको सम्पर्क कार्यालयमा सोमवार बिहान समूहको बैठक बसेको हो । 

 

लामो समयपश्चात केन्द्रीय समिति बैठक बस्ने भएपछि सम्भावित एजेण्डाको विषयमा टुंगो लगाउने तयारी उनीहरूको छ । आजै दिउँसो २ बजे सभापति शेरबहादुर देउवाले आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पनि बोलाएका छन् । 

 

यो बैठकमा पनि प्रस्तुत हुने एजेण्डा तय गर्न शेखर पक्ष छलफलमा जुटेको हो । कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । 

चुनावी समीक्षा, सरकारमा कांग्रेसको सहभागिता, नयाँ दलको चुनौती, संगठनको भद्रगोल, संगठन विस्तारसहितका विषयमा छलफल गर्न माग भए पनि देउवाले केन्द्रीय समिति बैठक टार्दै आएका थिए ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने मागप्रति पनि देउवा मौन छ । यो समूहले यस विषयमा समेत बैठकमा सभापतिको गम्भीर ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १ : ३८ बजे