बालुवाटार जग्गा प्रकरण: सचिव राउतसहित अन्य ४ को बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई हुदै

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सचिव कृष्णबहादुर राउत र भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

सचिव राउत र व्यवसायीगुरुङ सहित पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गर्नुभएको रिटको सुनुवाई हुन लागेको हो । सुनुवाईका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ ।

सोही जग्गा प्रकरणमा आरोपित भएका तर पक्राउ पर्ने अबस्था उत्पन्न हुने अनुमानमा पहिले नै निषेधाज्ञा लिएर बसेकाहरुका विरुद्ध प्रहरी प्रधान कार्यालयबाट दायर भएको भ्याकेटको पनि सोही इजलासमा पेशी तोकिएको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १२ : १८ बजे