सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली महिला फुटबल टिमले बङ्गलादेशसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आज नेपाल र बंगलादेशबीच महिला फुटबलमा प्रतिस्पर्धा हुदैँछ । 

बङ्गलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

उक्त खेल राजधानी ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । जुन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेबाट सुरु हुनेछ।

बंगलादेशसँगको पहिलो खेलमा बराबरी खेलेको नेपाली महिला फुटबल टोलीले आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ५३ बजे