कञ्चनपुर। कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका (ङ) गाउँबाट पुनर्वास–५ का २८ वर्षीय कृष्ण प्रसाद बडुसहित दुईजनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई ५४० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डि.कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस्तै बेलौरी नगरपालिका–१० सडकघाटबाट दोधारा चाँदनीनगरपालिका वडा नम्वर–५ का २१ वर्षीय मनिष भण्डारीसहित तीनजनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई ३३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिइएको संयुक्त प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा लागूऔषधसहित एकथान मोटरसाईकलसमेत पक्राउ गरी उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : ३० असार २०८०, शनिबार ४ : ३९ बजे
प्रतिक्रिया