साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतले गर्यो चन्द्रयान–३ को प्रक्षेपण, ४० दिनमा चन्द्रमामा पुग्ने

​​​​​​​काठमाडौँ । भारतको चन्द्रयान-३ मिसनको सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय २ बजेर ३५ मिनेटमा एलभीएम३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पुर्‍याएको छ । 

प्रक्षोपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताए । इसरोले गरेको प्रत्यक्ष प्रसारणका क्रममा बोल्दै सोमनाथले भने, 'हाम्रो एलभीएम ३ ले चन्द्रयान ३ लाई पृथ्वीको कक्षमा पुर्‍याएको छ । अबको केही दिनमा चन्द्रयान-३ पृथ्वीको कक्ष हुँदै चन्द्रमाको कक्षतिर जाने छ ।' इसरोका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान-३ चन्द्रमाको कक्षमा पुग्ने छ । सही समय र अनुकुलन अवस्था भएपछि चन्द्रयानको रोभरलाई चन्द्रमामा अवतरण गराउने इसरोले जनाएको छ ।

चन्द्रयान-३ मिसनमा चन्द्रामको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाको पनि अध्ययन यो मिसनमा हुँदै छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अगस्ट २३ मा अवतरण गराउने इसरोको योजना छ । चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै पुगेका छन् ।

चार वर्षअघि चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले चन्द्रयान-३ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायत सबै किसिमका कमजोरी अध्ययन गरिएको छ ।

यस पटक विक्रम ल्यान्डरले चन्द्रमाको सतह छुनेमा इसरोका वैज्ञानिकहरू ढुक्क छन् । चन्द्रयान-३लाई पृथ्वीको कक्षसम्म पुर्‍याएको इसरोको एलभीएम ३ रकेट ४३.५ मिटर अग्लो छ । यसलाई ‘फ्याट ब्वाई’ नामले समेत चिनिन्छ । यो भारतको सबैभन्दा ठूलो र धेरै भार बोक्न सक्ने रकेट हो । यसले यसअघि ६ वटा मिसन

सफलतापूर्वक सम्पन्न गरिसकेको छ । भारत मंगल ग्रहको कक्षमा पुग्ने पनि चौथो मुलुक हो । उसले सन् २०१४ मा आफ्नो मंगलयान मंगल ग्रहमा पुर्‍याएको थियो ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : ०१ बजे