मन्थली विमानस्थलमा पानी पस्यो

भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौँ फर्काइयो

काठमाडौँ । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ ।

त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज प्राविधिक समस्याका कारण १५ मिनेटमै फर्काइएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो ।

फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ३ : २५ बजे