मन्थली विमानस्थलमा पानी पस्यो

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, १९ यात्रु घाइते

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । 

सडक खण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । 

बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ५८ बजे