दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बजेट नछु्ट्याउँदा कालीकोटको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा

मान्म । कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ ।

कर्णाली प्रदेश सरकारले दुई वर्षअघि स्थापना गरेको थियो । तर प्रदेश सरकारले आगामी आवका लागि बजेट बिनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । 

 एक जना मेडिकल अधिकृतसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको सरुवा रोग अस्पताल सञ्चालन गर्न बजेट माग गर्ने विषयमा कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय समक्ष अनुरोध गर्ने कार्यालयका अधिकृत कटकबहादुर महतले जानकारी दिनुभयो । 

“सर्वदलीय र सर्वपक्षीय वैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल वजेट बिनियोजन गर्न माग गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “आगामी वर्षमा बजेट व्यवस्था नहुँदा समस्या हुने भएको हो ।”
 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  २ : २५ बजे