सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर उदयपुरमा एक कर्मचारीको मृत्यु 

उदयपुर  ।सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर उदयपुरमा एक कर्मचारीको मृत्यु भएको छ ।

बुधवार दिउँसो २ः३० बजे त्रियुगा नगरपालिका ४ फर्सेटमा सडक बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही ठाउँका नगरपालिकाका करारका कर्मचारी ४० वर्षीय युवराज राईको मृत्यु भएको  हो । 

सडकको बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका राईको जिल्ला अस्पतालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो । 

घाइते राईलाई साथीले तत्काल उपचारको लागि जिल्ला अस्पताल पुर्‍याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको  डिएसपी चौधरीले बताउनुभयो ।

 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ६ : ४४ बजे