दाहालको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सिता दाहालको निधनप्रति दुःख प्रकट गर्नुभएकोछ । दाहालको निधनको खबरले स्तब्ध भएको बताउँदै उहाँले दिंवगत दाहालप्रति श्रदाञ्जली व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले शोकाकुल परिवार जनमा गहिरो समबेदना प्रकट गर्नुभएको छ ।

भण्डारीले ट्वीट गर्नुहुँदै लेख्नुभएको छ,‘प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको निधनको खबरले स्तब्ध भएकी छु। म दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। प्रधानमन्त्री प्रचण्ड , छोरीहरु (रेणु,गंगा) सहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : ३२ बजे