मन्थली विमानस्थलमा पानी पस्यो

कोशी सरकारविरुद्ध एमालेले हालेको रिटको सुनुवाइ सकियो

विराटनगर – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतमा न्यायधीश सपना मल्लको इजलासमा सुनुवाइ सुनुवाइ सकिएको हो ।

उक्त रिटमाथिको आदेश पनि आजै आउने बताइएको छ। प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेबतीरमण भण्डारीले जानकारी दिनु भयो ।

लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज सपना मल्लको इजलासमा परेको थियो । आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल, कृष्ण भक्त पोखरेल डा सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ४६ बजे