दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

मनाङ एयर दुर्घटना: हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

मनाङ एयरको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले दुर्घटनामा परी हेलिकप्टर सवार ६ जनाकै मृत्यु भएको जानकारी दिए। ‘६ जनाकै शव फेला परेको छ। शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ । पहिचान हुन सकेको छैन’, उनले भने ।

अहिले शव संकलन गर्ने काम भइरहेको बास्तोलाले बताए।

सोलुखुम्बुको सुर्केबाट विहान ९:५२ बजे काठमाडौँका लागि उडेको हेलिकप्टर १०:१ बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए भने बाँकि यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए।

 

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  २ : ११ बजे