दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

हेलिकप्टर दुर्घटनामा परेका ५ जनाको शव भेटियो, एक जना बेपत्ता

काठमाडौं । सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। एक जनाको अवस्था खुल्न सकेको छैन ।

लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताउनु भयो।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना स्थलमा प्रहरीका असई रिाजन बस्नेत नेतृत्वको टिम पुगेको छ। दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको डिआइजी बास्तोलाले बताउनु भयो ।

सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। शव जलेको अवस्थामा भेटिएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १ : २८ बजे