दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

आज यी जिल्लाका नदीमा बहाव बढ्न सक्ने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहँदा आज कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, धनकुटा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यस्तै आज ताप्लेजुङ, सुनसरी, ओखलढुंगा, उदयपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, बारा, पर्सा, रौतहत, गोरखा, कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले यी जिल्लाका केहीमा नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।   

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : ५९ बजे