काठमाडौं। ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।
राउत २०७८ पुस २१ मा सचिव भएका थिए।
प्रकाशित मिति : २४ असार २०८०, आइतबार ५ : ३२ बजे
प्रतिक्रिया