मन्थली विमानस्थलमा पानी पस्यो

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरे पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । अर्यालचाहिँ नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस प्रकरणमा पछिल्लो पटक ११ जनालाई पक्राउ गरिसकेको छ । आज पक्राउ परेका २ जनासँगै पक्राउ पर्नेको संख्या ११ पुगेको हो । प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ४ : ५१ बजे