मन्थली विमानस्थलमा पानी पस्यो

कोसी प्रदेश सरकार विरुद्धको रिटमा आज सर्वोच्चमा सुनवाइ हुँदै

काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथि आज सुनवाइ हुदैँछ । 

कोसी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निमार्ण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत रिट दर्ता गराउनुभएको थियो । 

काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रवार पद तथा गोपनीयताको शपथसमेत गराइसक्नुभएको छ  । तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो । सो रिटको आजका लागि पेसी तोकिएको हो । 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ०६ बजे