मन्थली विमानस्थलमा पानी पस्यो

लागूऔषधसहित दुई जना पक्राउ

धनगढी। कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँबाट चार ग्राम पाँच सय मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् । सोही ठाउँका १९ वर्षीय रन्जित राना र २० वर्षिय पुष्पा रानालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ । घटनाको थत अनुसन्धान जारी हरेको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ८ : १९ बजे