दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं। पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

 

चितवनको इच्छाकामना-६, कालीखोला पुल नजिक शनिबार अपराह्न पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

 

पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले बताए । पहिरो पन्छाएर सडक सञ्चालन गर्न समय लाग्ने शाहको भनाइ छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : १७ बजे