मन्थली विमानस्थलमा पानी पस्यो

मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोकिँदा जलेर नष्ट 

मकवानपुर । मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोकिदा जलेर नष्ट भएको छ ।

पूर्व पश्चिम सडक खण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

आज बिहान करिब २ः०० बजे मकवानपुरको मनहरी गाउँपालिका–६, स्थित नयाँ बस्ती डिपाट गाउँमा दुई वटा ट्रक ठोकिँदा दुवै ट्रक जलेको साथै ट्रकमा सवार दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । 

घाइते हुनेमा ट्रकमा सवार चितवन राप्ति नगरपालिका–३ बस्ने वर्षीय ३५ विवेक तामाङ र ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने ३२ वर्षीय अर्जुन कुमार प्रजा रहेको उहाँले बताउनुभयो । 

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ८ : ०३ बजे