मन्थली विमानस्थलमा पानी पस्यो

गैंडा मारेको २५ वर्षपछि फरार अभियुक्त पक्राउ

चितवन । गैंडा मारेर खाग विक्री गरेको अभियोगमा १० वर्ष कैद सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले २५ वर्षपछि पक्राउ गरेको छ ।

निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भनिने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।

विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी भरतपुर कारागार चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय फैसला गरेको थियो ।

भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिव डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैंडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो । 

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : १९ बजे