मन्थली विमानस्थलमा पानी पस्यो

ललिता निवास प्रकरण : पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ – ललिता निवासको जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उक्त प्रकरणमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्व सहसचिवसहितका कर्मचारी जोडिएका छन् ।

उनीहरूविरुद्ध यसअघि पनि पक्राउ पुर्जी भएको प्रहरीले जनाएको छ । त्यसमध्येका एक पूर्व सहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । 

अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ ।

बाँकी आरोपितको खोज बिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ३० बजे