यस्तो छ आजको विनिमय दर

जापानले रेडियोधर्मी पानी समुद्रमा छोड्दै, चीन तथा कोरियालगायतको विरोध

टोकियो । जापानले चाँडै आफ्नो निष्क्रिय आणविक प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित रेडियोधर्मी पानी छोड्न गइरहेको छ। 

यसका लागि संयुक्त राष्ट्रसङ्घको न्यूक्लियर वाचडगबाट पनि स्वीकृति लिइसकेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसी मङ्गलवार जापान आइपुग्नुभएको छ। उहाँको उपस्थितिमा सो पानी महासागरमा छाडिनेछ । 

यहाँ उहाँले प्रधानमन्त्री फुमियो किशिदालाई भेटेर सुरक्षा समीक्षा गर्नुभयो। आईएईएले रेडियोधर्मी पानी छोड्ने जापानको योजना सुरक्षा मापदण्ड अनुसार सही रहेको बताउनुभएको छ  । तर, जापान, दक्षिण कोरिया र चीनलगायत धेरै देशमा तटीय क्षेत्रमा बसोबास गर्ने मानिसले यसको विरोध गरिरहेका छन् ।

जापानको माछा मार्ने उद्योग र नागरिक समाज समूहहरूले पनि प्रशान्त महासागरमा १३२० मिलियन लिटर पानी छोड्नेबारे चिन्ता व्यक्त गरेका छन्। वास्तवमा सन् २०११ मार्चमा आएको सुनामीका कारण फुकुसिमाको आणविक केन्द्रको चिसो र बिजुली प्रणाली ठप्प भएको थियो । गर्मीका कारण त्यहाँ रहेका तीन वटा रिएक्टरको कोर पग्लिएको थियो, जसका कारण ठुलो मात्रामा विकिरण फैलिएको थियो ।

अल जजिराका अनुसार परमाणु संयन्त्रबाट पानी छोड्ने योजना २०२१ मा घोषणा गरिएको थियो। अबको २ वर्षमा यो काम सुरु हुने भनिएको थियो । जापानको नियामक निकायले ३० जुनमा नै निरीक्षण पूरा गरेको थियो । संयुक्त राष्ट्रसङ्घको छानबिनपछि प्लान्टको हेरचाह गर्ने कम्पनी टेप्कोले एक साताभित्र पानी छोड्न स्वीकृति पाउन सक्नेछ ।

यसपछि तिनीहरूले कुनै पनि समयमा पानी छोड्न सुरु गर्न सक्छन्। तर, यसका लागि कुनै मिति घोषणा गरिएको छैन । पानीलाई समुन्द्रमा फ्याँक्न धेरै दशक लाग्ने छ । यसलाई १ किलोमिटर पाइपबाट निकालिने छ ।  

यो आणविक प्लान्टको मर्मत सम्भार गर्ने कम्पनी टोकियो इलेक्ट्रिक पावर (टेप्को)ले प्लान्टमा रहेको पानीलाई प्रशोधन गरेर एक हजार ट्याङ्कीमा भण्डारण गरिएको बताएको छ । 

यो पानीको मात्रा ५ सय ओलम्पिक आकारका स्विमिङ पुल भर्न पर्याप्त रहेको तथ्यबाट अनुमान लगाउन सकिन्छ । यो पानी त्यहाँबाट निकाल्नु पनि आवश्यक छ ताकि परमाणु संयन्त्रलाई नष्ट गर्न सकोस्।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ४५ बजे