यस्तो छ आजको विनिमय दर

मेक्सिकोमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु, १९ घाइते

मेक्सिको सिटी  । मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधवार राति एउटा बस ८० फिट अग्लो खाडलमा खसेको छ ।

उक्त दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो।

ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डालेना पेनास्को गाउँ नजिकै उक्त दुर्घटना भएको बताए। मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ। दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जिसस रोमेरोले बताए । 

प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो । यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । घुमाउरो सडक र गहिरो खाल्डाहरू छन्।

सिभिल प्रोटेक्सनको उद्धार टोलीले घाइतेलाई नजिकैको गाउँमा लग्यो। यहाँबाट घाइतेलाई सरकारी अस्पताल लगिएको छ । नागरिक सुरक्षा निकायका अनुसार ६ जना गम्भीर घाइते भएका र घाइतेहरूलाई अस्पताल लैजाँदा बेहोस अवस्थामा थिए । बस हटाउन क्रेनको सहायता लिइएको थियो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १० : १५ बजे