भुलवश नै किन नहोस् नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो असली अनुहार आफ्नै मुखबाट खोलेका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र उनी पटक पटक यही कामका लागि दिल्ली धाएको बताएर प्रधानमन्त्री दाहालले आफ्नो नियत, चरित्र र लम्पसारवाद आफ्नै मुखबाट उदाङ्गो पारेका हुन् ।
तर प्रधानमन्त्री बनाउन दिल्लीदेखि काठमाडौंसम्म प्रितम सिंह हिँडेको बनेर दिएको दाहालको अभिव्यक्ति आम स्वाभिमानी नेपालीहरूका लागि सह्य विषय हो त ? प्रधानमन्त्रीको उक्त विवादास्पद अभिव्यक्तिले के सन्देश देला ? के नेपालको प्रधानमन्त्रीका लागि दिल्ली दगुर्नु पर्ने नै हो त । के दाहाल अहिले बसेको कुर्सी दिल्लीकै निगाहा नै हो त ?
देशको संविधान भन्छ, सार्वभौमसत्ता जनतामा निहित छ । तर देशका प्रधानमन्त्री स्वयम प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभएको अभिव्यक्ति दिन्छन् भने दाहाल दिल्लीबाट प्रधानमन्त्री बनेकी जनताबाट ?
हो देशका प्रधानमन्त्रीको भनाइ मान्ने हो भने अब प्रधानमन्त्री बन्न जनताको घरदैलो होइन, दिल्ली नै धाउनुपर्छ । जब प्रधानमन्त्री बन्न दिल्ली चाहिन्छ भने दिल्लीबाट बनेका प्रधानमन्त्रीले जनताको सेवा गर्लान् या दिल्लीकै कारिन्दा ?
यसअघि पनि प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्दा भारतलाई पनि कम्फ़र्टेबल हुने अभिव्यक्ति दिएकै थिए । प्रधानमन्त्रीका यस्ता अभिव्यक्तिले के उनी पुष्पकमल दाहाल भन्दा पनि पुष्पकमल दलाल भएको पुष्टि हुँदैन र ?
प्रधानमन्त्री कसले बनाउने ? प्रतिनिधिसभाको बहुमतअनुसार प्रधानमन्त्री निर्वाचित हुने हो की भारतले बनाउन हो ? सार्वभौम जनताबाट निर्वाचित सांसदले चुनेको प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु नैतिक र संवैधानिक हिसाबले गम्भीर विषय हो।
दाहालको यो किसिमको अभिव्यक्ति चरम राष्ट्रघात हो । प्रधानमन्त्रीको दाहालका यी भनाई देश द्रोह हो । हाम्रो दुर्भाग्य हो ।
सबैले थाहा भएकै विषय हो माओवादीले चलाएको सशस्त्र सङ्घर्षताका प्रचण्डको सुरक्षित स्थल भारत नै थियो । भारतकै भूमिमा बसेर प्रचण्डले देशमा नरसंहार मच्चाएका थिए । यस हिसाबले प्रचण्डको भारत साइनो पुरानै हो । भारतकै भूमिमा १२ बुँदे सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले दिल्लीलाई कहिले प्रभु भन्थे भने कहिले कम्फ़र्टेबल सरकार बनाउने उद्घोष खुलम खुल्ला गरे ।
आज विवादास्पद नागरिकता विधेयक जारी गरेर दिल्ली पुगेका दाहालले भारतीय राजदूतकै अगाडी आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा बिसाएको बिन्तीको यथार्थता खुलाउनु के उनको जिब्रो मात्र चिप्लिएको मात्र मान्न सकिएला र ?
धर्मलाई अफिम हो भन्दै देशका मठमन्दिर भत्काएर मान्छे काट्दै हिँड्ने प्रचण्डले यत्तिखेर भारतका मन्दिरमा पुगेर गेरु वस्त्र लगाएर पूजा गरेकै थिए । हिजो भारत विरुद्ध सुरुङ युद्ध गरेको घोषणा गरेका दाहालले यत्तिखेर भारतलाई कम्फ़र्टेबल हुने सरकार चलाएकै थिए । भारतकै हितमा नागरिकता विधेयक जारी गरेर उनका प्रभुलाई रिझाएकै थिए । आफ्नो मुलुकको जमिनको पक्षमा उभिएका प्रधानमन्त्री ढालेर आखिर दाहाल कसको इशारामा काम गरिरहेका रहेछन् के प्रचण्डकै मुखबाट निस्किएका यी अभिव्यक्तिले पुष्टि भएनन् र ?
दाहालले आज भारतको यो हदसम्म चाकडी गर्नु उनको दलाल प्रवृत्तिको उत्कृष्ट भए पनि आम स्वाभिमानी नेपालीहरूका लागि के सह्य हुने विषय हुन सक्ला र ? ।
संसद्मा विश्वासको मत बिना प्रधानमन्त्री बन्दैन तर दिल्ली दगुरेर प्रधानमन्त्री भए भन्दै खुलम खुल्ला अभिव्यक्ति दिने प्रचण्डलाई के विश्वासको मत दिने सांसदहरूले अब पनि बोक्लान् या फाल्लान् ? के अब हाम्रो संसद्ले कोर्स करेक्सन गर्ने समय आएन र ? आम चासोको विषय बनेको छ ।
प्रकाशित मिति : २० असार २०८०, बुधबार १२ : २२ बजे
प्रतिक्रिया