बाढीको स्थितिमा सुधार

बाढी पहिरो र डुबान पीडितको उद्धारका लागि तयारी अवस्थामा रहन अध्यक्ष ओलीको निर्देशन

​​​​​​​काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न निर्देशन दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै नेता कार्यकर्तालाई सो निर्देशन दिनुभएको हो ।  

''‘भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्, पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु'', ओलीले भन्नुभएको छ, ''हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई र्व जानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।''

उहाँले पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ । 

बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने विषय पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

 

 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : ४९ बजे