एमाले : धन भएजस्तै मन भए पो !

माओले भनेझैँ सही सिद्धान्त भए पनि त्यसलाई सिरानी हालेर सुत्नु हुन्न । सिद्धान्तको गम्भीर अध्ययन र त्यसको उचित कार्यान्वयनले मात्र सिद्धान्तको सहीपना सिद्ध हुन्छ । तर यही विसङ्गति अझै केन्द्रीय स्तरको नेतृत्वमा कायम रहेको देखिन्छ । देश जनताका हितका पार्टीमा बग्रेल्ती महत्त्वपूर्ण विषय छन् । जबज भनेर वा नभनी मार्क्सवाद शब्द प्रयोग गरी वा नगरी सार वस्तु भन्न सकिन्छ । मोर्चा सङ्गठनमा पार्टी विषय र विचार परोक्ष रूपमा भन्नुपर्ने हो । अझ कला साहित्य र संस्कृति जस्ता विषय गोष्ठीमा स्वतन्त्र खालका श्रोता, पाठक र भावलाई आकर्षित गर्ने गरी विषय वस्तु प्रवाह गर्नुपर्ने कुरामा खासै ध्यान पुगेको पाइन्न । 

अखिल नेपाल महिला सङ्घको कोसी प्रदेशको प्रथम सम्मेलन सहभागिताका दृष्टिले भव्य थियो तर त्यहाँ धेरैजसो वक्ताहरूको भने बेहाल देखियो । भव्य रूपमा उपस्थित महिलाहरूलाई विभिन्न समसामयिक  विषयलाई जोण र कोणबाट मौलिक अभिव्यक्ति दिन केन्द्रीय वक्ताहरूलाई प्रशिक्षित गर्नै पर्ने अवस्था देखियो । सघन, समृद्ध र ज्ञान तथा विषय भएर पनि अभिव्यक्तिको बान्की नजान्नु  जस्तो कमजोरी के होला ? नेकपा एमाले सैद्धान्तिक वैचारिक दृष्टिले धनी पार्टी हो । कति धनी हो भन्ने कुरा नेपाल मात्र होइन दुनियाँसँग तुलना गर्दा पनि हुन्छ । 

हिजैका दिनमा पनि माकुने लगायतका विचलनबारे कसैले न कसैले खबरदारी गरेको यति बिघ्न दुर्गति हुँदैनथ्यो कि ? 

जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने विचार मैले कहीँ देखे सुनेको थिएन । यही विचारलाई अधिकांश नेताले अनुसरण गरिदिए माथिको राम्रो बानी तलतल आउँथ्यो तर पार्टीकै स्वाभिमानी र विवेकी तथा आलोचनात्मक चेतका विद्वान्को नै बिनबित्थामा मानमर्दन गरेको देख्नुपरेको छ । 

वरिष्ठ वकिल विश्वकान्त मैनालीले बुद्धिजीवी र पार्टी नेतासँग तेल पानी जस्तो सम्बन्ध रहेको उहिल्यै बताएका थिए । लेख नलेख्दा केही भन्दैनन् तर लेखेपछि कटाक्ष गर्ने नेता यही लेखकले भेटेको छ । काम गर्दा उल्टो आलोचना खेप्नुपर्छ नगर्दा कसैले केही भन्दैन । 

जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेको छ भन्ने नै थाहा छैन कि त्यसको अर्थ बोधमै तिनमा भारी अलमल हुनुपर्छ । नत्र मित्रवत् आलोचना पनि किन पच्दैन, हल्का तरिकाले नठोसी आगो बल्दैन भन्ने रैथाने ज्ञान जबजमा छ तर धेरै नेतामा छैन । चाकरहरूले नै पार्टी र नेताको अनावश्यक बखान गरेर भुईँमा पछार्छन् भन्ने बेलैमा सोचे कति जाती हुन्थ्यो । 

आलोचना ओखती हो भन्ने कुरा जान्नेले यसरी आइलागेपछि पार्टीमा तिनबाक्सी मयल बोकेपछि पाटी वा धर्मशाला हुन्छ । नुहाई धुवाइ गरौँ र गर भन्दा यहाँ अराजक भइन्छ । जबजले यस्तो कुरा किमार्थ गर्दैन र गरेको छैन । मदनमा कटु आलोचना सुन्ने र सही आलोचनालाई स्विकार्ने संस्कार थियो । हिजैका दिनमा पनि माकुने लगायतका विचलनबारे कसैले न कसैले खबरदारी गरेको यति बिघ्न दुर्गति हुँदैनथ्यो कि ? 

जबजअनुसार राम्रो काम पनि राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने पनि मैले सुनेको रहेनछ । जननेता मदन भण्डारीले मार्क्सवादका धेरै जसो मौलिक पक्षहरू सिर्जनात्मक रूपमा जबजमा प्रयोग गर्नुभयो । जतिसुकै असन्तुष्ट भए पनि पार्टी  प्रतिको अत्यधिक लगाव जनताको बहुदलीय जनवादका कारण मात्र उत्पन्न भएको हो । सिद्धान्त र विचार सही हुँदा पार्टीलाई सही दिशामा उन्मुख गराउन सकिन्छ भन्ने दृढ विश्वास यही  लेखकजस्ता धेरै पात्रहरूमा पाइन्छ । 

हरेक कार्यक्रम परिणाममुखीभन्दा प्रचारमुखी हुँदा छन् । बल्लबल्ल मरेर एउटा कार्यक्रम गर्‍यो । भएभरका नेतालाई  अन्त कुनै काम नभए जस्तो बोलाएर आसन ग्रहण गराउँदैमा आधा घण्टा बित्छ र अनि धेरै जसोले सार र गुदी कुरा बोल्दैनन् र कार्यक्रम समापनपछि मेरो भाषण कस्तो भयो भनेर तारन्तार प्रशंसा मात्र सुन्न चाहन्छन् तर कार्यक्रमले के कस्ता परिणाम दियो भनेर सोधी खोजी गर्दैनन् । 

जबजमा अधिनायकत्व राज्यको आम चरित्र हो भनिएको छ, जुन तथ्य र सत्य सङ्गत छ । तर कम्युनिष्टका नामका जडसूत्रवादीहरु आफूलाई अधिनायकवादी वा निरङ्कुश भन्न रुचाउँथे । ९६ प्रतिशत जनतालाई राजनैतिक र आर्थिक अधिकार सहितको पूर्ण लोकतान्त्रिक अधिकार सुनिश्चित सैद्धान्तिक पार्टीले आफूलाई निरङ्कुश भन्न किमार्थ सुहाउँदैन । जबजमा यस्ता विषयहरू उल्लेख नगरिदिएको भए मोहन विक्रम सिंह, मोहन वैद्य किरण र नेत्र विक्रम चन्द विप्लव जस्ता कम्युनिष्टहरुले आफूलाई अझै अधिनायकवादी र निरङ्कुश नै भनिरहेका हुन्थे । आफ्नो सही पहिचान र परिचय पनि अर्थ्याउन नजान्नेहरू कम्युनिस्ट बनेका छन् ।

ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने पाठ घोकेका कम्युनिष्टहरु मार्क्सवादको पुन सृजित जबजलाई धारे हात लगाउँछन् तर जबजकै प्रकाशमा तिनले राजनीतिको रोटी सेकिरहेका छन् नत्र तिनीहरू सोभियत सङ्घ र पूर्वी युरोपबाट पलायन भएका कम्युनिष्ट झैँ बेपत्तासँग भागिसकेका हुन्थे । जननेता मदन भण्डारीकै कारण यिनको राजनीतिक खलाँती ठसठस कन्दै चलिरहेको छ । 

जबजमा जनता भन्ने शब्द सुविचारित रूपमा राखिएको छ । पार्टी अध्यक्ष के.पी.शर्मा ओली समेतको सल्लाहमा उक्त शब्द सम्मिलित गरिएको हो । मार्क्सवादी भाषामा जनता शब्दले शारीरिक र मानिसक श्रम गर्ने जनता मात्र बुझाउँछ ।

नेपालका सन्दर्भमा धनी किसान र राष्ट्रिय उद्यम व्यवसायी र उद्योगपति समेत जनतामा पर्छन् । देशलाई धनी, स्वावलम्बी, आत्मनिर्भर र सम्पन्न बनाउन लागि पर्ने जति सबै जनता हुन् । क्रान्तिकारी र कम्युनिष्टको ट्याग छातीमा टाँसेकै भरमा कोही पनि जनता हुन सक्तैनन् । 

जनवाद शब्द जनताको राजनैतिक आर्थिक अर्थ आशयको समष्टि हो । यो ट्याउँ ट्याउँ मात्र बोल्ने राजनीतिक अधिकार मात्रमा सीमित पुँजीवादी खोक्रो लोकतन्त्र होइन । सङ्गठनमा आबद्ध भएपछि यस्ता सामान्य तर महत्त्वपूर्ण जाने बुझे कति जाती हुन्थ्यो । सङ्गठनका नामको बथान ठुलो छ तर गुदी कुरा  खासै केही पनि छैन । 

जबजमा सङ्घीयता शब्द मात्रै छैन तर त्यहाँ विकास निर्माण सम्बन्धी सङ्घीयताको वास्तविक मर्म, महत्त्व र सार विद्यमान छ । आम रूपमा जनताले आफ्नै घर करासामा विकासको प्रतिफल पाउने गरी उद्योगधन्दा कल कारखाना स्थापना र विकास गर्ने कुरा जबजमा स्पष्ट रूपमा उल्लिखित गरेको छ । तर जबजको मुख छैन मुख हुने बोल्दैन बौद्धिक प्राज्ञिक क्षेत्रले यस्ता विषय उजागर गर्ने हो कि भनेर उल्टो तर्सिने स्थिति छ । किनभने जहाँ पनि आफैँ मात्र जान्ने हुनु पर्‍या छ । समाजवादी प्रतिस्पर्धा गर्न तिरभन्दा एक्लो वीर बन्ने पुँजीवादी प्रतिस्पर्धातिरको ध्याउन्न पार्टीमा मात्र छ । 

पार्टीमा स्वाभिमानी र विवेकी प्रतिभाहरू नभएका होइनन् तर तिनलाई ठाउँ ठाउँमा भुराहरू समेत हेपाहा व्यवहार गरिन्छ । सम्मान नगरे पनि अपमान चाहिँ नगर्नु नि ! उपल्ला तहका नेताले गुरुहरूलाई आदर गर्नुपर्छ भन्ने पनि नसिकाएपछि माथिल्लो कक्षाको भुस्कुल विद्यार्थीले जान्दैन ।

पार्टी स्थायी समिति सदस्यहरू आफ्ना पुत्रको बिरालो बाँध्ने खालको व्रतबन्ध गर्छन् । व्रतबन्धको वास्तविक अर्थै नबुझी बहकिन्छन् । तिनलाई पार्टीले के खालको प्रशिक्षण दियो होला अचम्म लाग्छ । संस्कृति र सांस्कृतिक रूपान्तरणसित नजोडिएको प्रशिक्षणको  कुनै काम छ र ? सिद्धान्त मात्र फलाक्ने अनि व्यवहार शून्य भएपछि के हुन्छ ? जबजले सांस्कृतिक रूपान्तरण सम्बन्धी मात्रात्मक र गुणात्मक सुस्पष्ट दृष्टिकोण अघि सारेको छ । यस विषयमा जहाँ त्यहाँ अनभिज्ञता देखिन्छ । 

समाजको गुणात्मक रूपान्तरण गर्ने विषय ठुलो हो भन्ने नै नबुझेपछि कसको के लाग्छ । धनले धन कमाउँछ । सिरमा लगाउने गहना घुँडामा लगाएपछि त्यसको गहनाको अस्तित्व रहँदैन  ।  पार्टीमा स्वाभिमानी र विवेकी प्रतिभाहरू नभएका होइनन् तर तिनलाई ठाउँ ठाउँमा भुराहरू समेत हेपाहा व्यवहार गरिन्छ । सम्मान नगरे पनि अपमान चाहिँ नगर्नु नि ! उपल्ला तहका नेताले गुरुहरूलाई आदर गर्नुपर्छ भन्ने पनि नसिकाएपछि माथिल्लो कक्षाको भुस्कुल विद्यार्थीले जान्दैन ।

हरेक कार्यक्रम परिणाममुखीभन्दा प्रचारमुखी हुँदा छन् । बल्लबल्ल मरेर एउटा कार्यक्रम गर्‍यो । भएभरका नेतालाई  अन्त कुनै काम नभए जस्तो बोलाएर आसन ग्रहण गराउँदैमा आधा घण्टा बित्छ र अनि धेरै जसोले सार र गुदी कुरा बोल्दैनन् र कार्यक्रम समापनपछि मेरो भाषण कस्तो भयो भनेर तारन्तार प्रशंसा मात्र सुन्न चाहन्छन् तर कार्यक्रमले के कस्ता परिणाम दियो भनेर सोधी खोजी गर्दैनन् । 

सुतेकालाई उठाउने र उठेकालाई दौडाउने कला साहित्य तथा बौद्धिक क्षमता नभएको नेताबाट कुनै पनि काम पार लाग्दैन । सम्मेलनदेखि सम्मेलनसम्म सीमित सङ्गठनको अब काम छैन । 

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ र त्यस मातहत घटक तथा विभिन्न तहगत संस्थाहरू प्रायः नाम मात्रका छन् । यसमा साहित्यिक सांस्कृतिक क्षेत्रका सशक्त सर्जक तथा महासङ्घका केन्द्रीय उपाध्यक्ष आर.सी. न्यौपाने दूरगामी अभियानमा संस्थागत रूपमा सक्रिय छन् । जनसाहित्यिक सङ्घले अविरल साहित्य यात्राका नामबाट वरिष्ठ कविहरूको मासिक कवि गोष्ठी गरिरहेको छ । यस बाहेक परिणाममुखी सिर्जना अभियान भए जस्तो लाग्दैन ।  जहाँसुकै  असान्दर्भिक असमसामयिक एउटै कविता दस वटा गोष्ठीमा वाचन गरेर के सकारात्मक प्रभाव हुन्छ  र यसले के  परिणाम दिन्छ ?  स्वान्त सुखायमा मात्र सीमित सिर्जनाले प्रगतिशील रूपान्तरण हुँदैन । यस क्षेत्रमा समग्र विषय बोध गर्ने माथिदेखि तलसम्म नै नेतृत्वकै समस्या र सङ्कट रहेको छ । सामान्य प्रगतिशील, प्रगतिवादी र मार्क्सवादी सौन्दर्य शास्त्रीय ज्ञानको अभाव माथिल्लै तहमा देख्दा उदेक लाग्छ । हरेक मोर्चामा अरू विभिन्न विभाग बनाए जस्तै साहित्य र संस्कृति विभाग बनाएर तीनलाई संयुक्त रूपमा परिचालित गर्ने सोच भए कार्यक्रम रनघन हुन्थ्यो । तर सम्मेलनदेखि सम्मेलन सम्ममा सीमित हुन थालेपछि माखो मर्दैन । अहिले केन्द्र र प्रदेश मोर्चा सशक्त रूपमा परिचालन गर्न अमुक नेतालाई जिम्मेवारी प्रदान गरेको सुनिन्छ तर तिनमा कला साहित्यिक तथा सांस्कृतिक चेत र चिन्तनमा पूरै सुधार नआएसम्म ती पिँधबिनाका लोहोटा मात्रै हुनेछन् ।  सुतेकालाई उठाउने र उठेकालाई दौडाउने कला साहित्य तथा बौद्धिक क्षमता नभएको नेताबाट कुनै पनि काम पार लाग्दैन । सम्मेलनदेखि सम्मेलनसम्म सीमित सङ्गठनको अब काम छैन । बल र  युवा सर्जकलाई व्यापक मात्रामा पुरस्कृत र प्रोत्साहित गरेर शक्ति सुदृढ गराउने भन्दा पित्र हुनै लागेका सर्जकलाई पुरस्कारको खातैखात लगाएको देखिन्छ । 

मदन भण्डारी फाउण्डेशन, कोसी प्रदेशले इटहरामा मदन जयन्ती मनाउने कुरा सुन्नमा आएको छ । फाउन्डेशन भएका जिल्ला जिल्लामा कार्यक्रम गर्न सक्ने ल्यागत भए पनि नसक्नु लाजको बात हो । हरेक जिल्लाहरूमा स्कुल विभाग, प्रशिक्षण विभाग र संस्कृति विभागहरू छन् तर कागजमा मात्र सीमित छन् । 

ज्येष्ठ कम्युनिष्ट मञ्च छ तर यसको अध्यक्ष र इन्चार्जको अत्तोपत्तो नै छैन । यसले गर्ने काम अनन्त छन् तर चर्म चक्षुले  देख्दैन । मदन वैदिक किरात, बौद्धलगायत धर्म र दर्शनका सबै शस्कार स्वीकार गर्ने कुरामा उहाँ उदार हुनुहुन्थ्यो । जबजमा वैदिक सनातन धर्म संस्कृतिका कैयौँ सकारहरु छन् । त्यसैले कमरेड के.पी.शर्मा ओलीले बहुजन हिताय र सुखाय जस्ता   दर्शन र दृष्टिकोणलाई राजनैतिक क्षेत्रमा भरपूर उपयोग गर्नुपर्ने कुरा बताउनु भएको हो । 

जननेता मदन भण्डारीले मार्क्सवादका धेरै जसो मौलिक पक्षहरू सिर्जनात्मक रूपमा जबजमा प्रयोग गर्नुभयो । जतिसुकै असन्तुष्ट भए पनि पार्टी प्रतिको अत्यधिक लगाव जनताको बहुदलीय जनवादका कारण मात्र उत्पन्न भएको हो । 

द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण घोक्ने कथित कम्युनिष्टहरु द्वन्द्व भनेको विरोधीको घाँटी रेट्ने हो भन्ने मात्र बुझ्छन् । भिन्न विचार, राजनीति, राजनीति, विकास नीति, राज्य प्रणाली, शासन प्रणाली आदिमा निरन्तर हुने शान्तिपूर्ण शत्रुतायुक्त द्वन्द्व वा आन्तरिक अन्तर्विरोध देख्दैनन् । एक समय समाजवादको रक्षाका लागि कम्युनिष्ट शासनमा केन्द्रीकृत शासन प्रणाली अपनाएको विशेष परिस्थितिजन्य व्यवहारलाई नै शास्त्र ठान्छन् । शत्रु र मित्र शक्ति पहिल्याउन नसक्ने अन्ध रुढपन्थी कथित कम्युनिष्टहरु एमाले विरुद्ध साम्राज्यवाद दुष्मनझैँ लागिपरेका छन् र काङ्ग्रेस मोदीको  पाउमा पसारा परेका छन् ।

मदनले प्रतिभाको फूलबारी बनाउन खोजेको कुरा पार्टीलाई चुरो युक्र र सम्पन्न बनाउन खोजेको भन्ने सोझै बुझिन्छ । एउटा रुखमा चुरो थोरै हुन्छ बोक्रा, पलास र पात हाँगाबिँगा भने धेरै हुन्छन् । त्यसैले मदनले दह्रो जरा भएको भुईँ भरि जरा फैलिएको वा चुरो धेरै भएको पार्टी बनाउन खोजेको स्पष्ट हुन्छ  । सैद्धान्तिक वैचारिक तथा सिर्जनात्मक धन बराबर अरू कुनै धर्म छैन । तर न्यून चेतनाका कारण पहेँलो धनलाई मात्र धन मान्ने दरिद्र सोच छ । 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : ०२ बजे