सुनको मूल्यमा नयाँ कीर्तिमान

पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए

बलेवा । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । 

गलकोट नगरपालिकामा निर्माणाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् ।

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलवार साँझ बेपत्ता भएका थिए । 

उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : ४८ बजे