काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दैँछ ।
सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो २ः३० बजे राष्ट्रियसभा बैठक बस्न लागेको हो। आजको बैठकमा विनियोजन २०८० विधेयक अन्तर्गत मन्त्रालयगत रूपमा छलफल हुनेछ ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय माथि छुटाईएको बजेटमाथि छलफल हुनेछ ।
प्रकाशित मिति : २० असार २०८०, बुधबार ७ : ४८ बजे
प्रतिक्रिया