धरहराबाट उपत्यका नियाल्ने रहर

नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । 

जिम्बावेमा भएको खेलमा नेपाल ४ बल अगावै दुई विकेटले पराजित भएको हो । आयरल्यान्डलाई कठिन जित दिलाउन कर्टिस कम्फरले सर्वाधिक ६२ र ह्यारी टेक्टरले ६० रन बनाए । 

त्यस्तै करण केसीले सर्वाधिक ४ र किशोर महतोले दुई विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए । त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ८ रन बनाएर पेभेलियन फर्किएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्ल ७, कप्तान रोहित पौडेल २९, भीम सार्की २०, सन्दीप लामिछाने ३२, करण केसी ४ रनबाट आउट भए ।

युएईविरुद्ध राम्रो पारी खेलेका दीपेन्द्र सिंह ऐरी शून्यमा आउट भए भने किशोर महतो १ रनमा अविजित रहे । 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ३३ बजे