दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

अर्घाखाँचीमा पहिरो अपडेट : तीनको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । 

पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिनुभयो । 

पाणिनि-१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उहाँको भनाइ छ । मृत्यु हुनेमा  ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उहाँले जानकारी दिनुभयो । 

साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिनुभयो । घरमा छ जना बस्दै आएकोमा दुई जना  गोठको  काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो ।
 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : ०१ बजे