सुनको मूल्यमा नयाँ कीर्तिमान

यु–१६ क्रिकेट : नेपालले दियो मलेसियालाई २५३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा मलेसियालाई २५३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको थियो । 

नेपालका लागि नरेन भट्टले २ छक्का र १० चौकाको मद्दतले ८९ बलमा अविजित ११२ रन बनाएका थिए भने नेपालका ओपनर निरज यादवले ४९ बलमा ६ चौकासहित ४७ रन बनाए। 

नेपालका ओपनर सुर्यांशु कोइरालाले १८ रन बनाए का थिए भने सन्तोष यादवले २६ र अशोक धामीले ११ रनको योगदान गरेका दिएका थिए । 

मलेसियाका लागि मुहम्मद अक्रमले सवैभन्दा बढी ३ विकेट लिए। केहीबेरमा मलेशियाले जवाफी ब्याटिङ गर्नेछ। समूह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : १२ बजे