यस्तो छ आजको विनिमय दर

चिनियाँ रक्षामन्त्री र रुसी नौसेना प्रमुखबीच भेटवार्ता

बेइजिङ – चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङ्फुले सोमबार बेइजिङमा रुसी नौसेनाका कमाण्डर–इन–चीफ निकोले येभमेनोभसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूबीच क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न पहल गर्ने बारे छलफल भएको बताइएको छ ।  

    वार्ताका क्रमममा रक्षामन्त्री लीले दुई राष्ट्र प्रमुखले चीन र रुस सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोगको खाका तयार गरेको बताउनुभएको छ । उहाँले दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन, नौसेना सञ्चारलाई सुदृढ गर्न र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्न पनि आह्वान गर्नुभएको बताइएको छ ।

    आफ्नो तर्फबाट येभमेनोभले रुसले चीनसँगको सैन्य सहयोग अभिवृद्धिलाई ठूलो महत्त्व दिएको र दुई देश र सेनाबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन चीनसँग निकट समन्वय कायम गर्न इच्छुक रहेको बताउनुभएको छ ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : १३ बजे