दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

वन अतिक्रमण तीव्र रुपमा बढ्दै

बारा । बारामा वन अतिक्रमण तीव्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेकाे छ । नियन्त्रणको प्रयास हुन नसक्दा वन अतिक्रमण बढ्दै गएको हो । 

 

 भरतगंजसिगौल चकरी, नयाँबस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैया लगायत विभिन्न स्थानमा गरी करीब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो । 

 

निजगढ नगरपालिका- १ भरतगन्जसिगौलमा रहेको सबैभन्दा बढी अतिक्रमणमा परेको ब्रम्हबाबा सामुदायिक बनका सचिब राजकुमार थापाले वन समितिका केही ब्यक्तीहरुनै अतिक्रमणमा लागेपछि वन अतिक्रमण बढेको बताए । 

 

जिल्लामा रहेका सामुदायिक र साझेदारी वन समितिका  पदाधिकारीहरुको निष्कृयताले अतिक्रमण बढेको हो । सिगौंलकै जनशक्ती सामुदायिक वनका अध्यक्ष निर्मल कुमार केसीले राजनैतिक हस्तक्षेपका कारण वन अतिक्रमण बढेको बताउँछन् । 

 

वनजङ्गल क्षेत्रमा रुखको जरामा आगो लगाएर सुकाउने र अतिक्रमण गरी खेतीपाती, घरटहरा बनाएर कब्जा गरेको भएपनि नियन्त्रणका प्रभावकारी कार्य हुन सकेको छैन । 

 

बन समितिहरु निस्कृय भएका कारण संरक्षणमा चुनौती आएको निजगढ सब डिभिजन कार्यालय धन्सारका प्रमुख एवम सहायक वन अधिकृत रघुनाथ दासले बताए । 

 

स्थानीय सरकार प्रहरी प्रशासनको सहयोग विन अतिक्रमण हटाउन नसकिने अवस्थामा पुगेको डिभिजन वन कार्यालय बाराका प्रमुख अधिकृत विनोद सिंहले बताए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ०१ बजे