माथिल्लो मनाङमा हिमपात

देशभरका कानून व्यवसायीहरु आन्दोलित

काठमाडौँ । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर मुद्दामा बहस पैरवी छाडेर देशभरका कानून व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

कानून व्यवसायीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभासमेत गरेका छन् ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानून व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको विरोधमा देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।

आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । यो विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो ।

कानून व्यवसायीहरुले भने घटनाको छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : ०६ बजे