दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै

काठमाडौँ। आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।

महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेद व्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायत धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई बा(आमा सरह सम्मान गर्ने प्रचलन छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एव‌म् सङ्घसंस्थाले कार्यक्रम गरी गुरुहरूप्रति श्रद्धाभाव प्रकट गर्ने चलन छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । ज्ञान रुपी प्रकाशले अज्ञान रुपी अन्धकार नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र शास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : २३ बजे