मौन अवधि सुरु, के गर्न पाइँदैन

इजरायलले अमेरिकासँग ३ अर्ब डलरमा लडाकु विमान खरिद गर्ने

जेरूसलम । इजरायलले अमेरिकाबाट एफ–३५ लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । 

इजरायलले यी विमान खरिदमा ३ अर्ब डलर खर्च गर्नेछ । लकहिड मार्टिनले बनाएको विमानको यो खेपसँगै इजरायली वायुसेनामा एफ–३५ विमानको सङ्ख्या बढेर ७५ पुग्नेछ । 

यस सम्झौतामा अमेरिकाबाट आएको आर्थिक सहयोग प्रयोग गरिने अधिकारीहरूले बताएका छन् । इजरायल पहिलो देश हो, जसलाई अमेरिकाले एफ ३५ विमान दिएको छ।

उत्पादनमा संलग्न अन्य अमेरिकी कम्पनीहरूमा विमान इन्जिनको लागि कनेक्टिकट आधारित प्र्याट र ह्विटनी समावेश छन्। रक्षा मन्त्रालयले विमानहरू अमेरिकी सैन्य सहयोगमा खर्च भइरहेको बताएको छ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ३५ बजे