दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु 

झापा । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उहाँले जानकारी दिनुभयो । सिलगुढी निवासी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आउनुभएको थियो । 

झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले कुल्चेर मारेको थियो । 

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिनुभयो । 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : २५ बजे